Saturday, August 29, 2015

सन्नी लियोनले खोलीन् आफु फुर्तीली बन्नुको कारण

ताजा खबर भाद्र १२ एजेन्सी । – हरेक मानीसको जीवनलाई सफल बनाउन टाइमटेवलको आवश्यकता पर्छ । यो कुरा बलीउडकी चर्चित अभिनेत्री सन्नी लियोनले व्यबहारमा पनि लागू गरेको भारतीय मिडियाले जनाएका छन् ।
एक अन्र्तवार्ताको क्रममा सन्नीलाई उनको सुन्दरताको राज सोधेपछि उनले मुख्य कुरा आफ्नो टाइमटेवल भएको बताएकी थिइन् । उनले भनेकी थिइन् टाइमटेवल अनुसार चल्ने हर मानिसको व्यक्तित्व झल्किन्छ चाहे त्यो ग्ल्इामर क्षेत्रमा होस् वा अन्यमा । सन्नीको आर्कषक व्यक्तित्व देखि सुन्दरतासम्म बजारमा चर्चा भइरहेका बेला उनले शरीरमा तागत बढाउनका आफु टाइमटेवल अनुसार नै दुध र नियमित जु पिउने गरेको बताइन् । हरेक स्वास्थ मानिसका लागि पानी अनिवार्य हो भन्ने सन्नी पानीको बोत्तल कहिल्यै छुटाउदिनन् । पानी धेरै खाँने ब्यक्तिलाई कतिपय रोगले छुननसक्ने उनले दोहोर्याएकी थिइन् ।

Write Comment Below:

No comments:

Post a Comment