Wednesday, August 12, 2015

सिन्धुपाल्चोकको माङ्खामा फेरि पहिरो, भूकम्प पीडितका टहरा पुरिए

काठमाडौं : सिन्धुपाल्चोकको माङ्खामा बुधबार फेरि पहिरो गएको छ। पहिरोमा परेर भूकम्प प्रभावितका चारवटा टहरा पुरिएका छन् ।

पहिरोमा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यलयका डिएसपी विश्व अधिकारीले बताए । पहिरो प्रभावित स्थानमा थप सतर्कता अपनाइएको छ। त्यहाँ रहेको स्थानीयलाई अन्यत्र सारिएको छ।

माङखा र आसपासको क्षेत्र गत वर्षको साउन १७ गते पहिरो जाँदा एक सय ४६ जनाको ज्यान गएको थियो र पाँच सयभन्दा बढी घरबारबिहिन भएका थिए।
annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment