Thursday, August 27, 2015

मान्छेलाइ जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने काम अक्षम्य अपराध होः गगन थापा

काठमाडौं ।

र यो अक्षम्य अपराध धएको बताएका छन् । संविधानसभामा बोल्दै युवा नेता गगन थापाले करुणाले भरिएको नेपाली समाजमा क्रुरताको यस्तो विषवृक्षको विजारोपण गर्नेहरु जुनसुकै राजनीतिको आवरणमा आएपनि सजायबाट मुक्ति पाउनु हुँदैन भन्ने माग गरे ।

२ दिन अघि मात्र गगनले प्रहरीको ‘इन्काउन्टर’ मा कुमार श्रेष्ठ ‘घैटे’ को विषयमा आफ्नो नाम पनि जोडिएर समाचार आएपछि शुभचिन्तक आक्रोशित बनेको भन्दै ३ पेज लामो स्पष्टीकरण पनि दिएका थिए ।

संविधानसभामा गगन थापाले गरेको भाषणः


संविधानसभाले संविधान वनाउन लागेको यो क्षणमा जननायक वी.पी. कोइरालाको संकल्पलाई समम्झिरहेको छु जसले ६८ बर्ष अगाडि वि.सं २००४ सालमा भन्नुभएको थियो-‘ जनताले ठाँउ ठाँउवाट आफ्ना प्रतिनिधिहरु चुनेर एउटा सभा खडा हुनेछ । यस सभाको काम विधान वनाउनु हुनेछ । जनताको इच्छा कुन तवरले शासनमा सर्वोपरि हुन्छ भन्ने त्यस सभाले निधो गर्नेछ र त्यस सभाकै निर्णय अनुसार शासनप्रणाली पनि निर्धारण हुनेछ ।’ आज हामी उहाँको यो सपनालाई साकार पार्दैछौं ।

संविधासभामा मस्यौदा समितवाट प्रस्तुत विधेयकलाई जस्ताको तस्तै संविधानमा अनुवाद गर्ने हो र नेपालभन्दा वाहिर रहेको संविधानको कुनै विद्यार्थीलाई अध्ययन गर भनेर दिने हो भने स्वभाविक रुपमा उसले यो लोकतान्त्रिक संविधान हो भन्ने निष्कर्ष निकाल्छ । तर जव स्वतन्त्रता, समानता र आम संचारमा भएको प्रतिवन्धात्मक बाक्यांश हेर्छ अनि उसको आफ्नै निष्कर्षमा प्रश्न गर्छ । त्यसैले यसलाई सच्याउनुपर्छ ।
धर्म, भाषाको सम्वन्धमा लेखिएका धारा पढ्छ, अनि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका प्रावधानहरू जव पढ्छ, प्रत्येक नागरिकको प्रगति, प्रतिष्ठा र पहिचानको लागि समर्पित धाराहरू हेर्दै गर्दा निश्चय पनि भन्नेछ यो संविधनले नेपालको विविधतालाई सम्मिलन होईन संवोधन गरेको छ । तर जव दलित समुदाय, अपाङ्गता, महिला अनि अल्पसंख्यकहरूको पहुँच र प्रतिनिधित्वको व्यवस्थामा भएको अनुदारतालाइ पढ्छ अनि फेरी उसको निष्कर्षमा आफै प्रश्न उठाउँछ । त्यसैले यसलाई सच्याउनुपर्छ ।

गुण्डा चरी र घैंटको मृत्युमा गगन थापाको फरक ब्यवहारः के हो रहस्य ?

‘सशस्त्र संघर्ष देखि ‘समाजवाद’ सम्मका वादहरूको भारीले थिचिएको प्रस्तावना पढ्दै गर्दा संविधानसभाको सदस्यहरूको लोकतान्त्रिक चेतना र लोकतान्त्रिक निर्णय माथि प्रश्न गर्छ, नागरिकताको दफामा भेटिएको असमानतालाई पढ्दै गर्दा संविधान लेख्नेहरूको समानताको चिन्तन र भोलि शासनगर्ने क्षमतामा राखेको आत्मविश्वासको खडेरीमा प्रश्न गर्छ त्यसैले यसलाई त्यो प्रश्न गर्न नउठ्ने किसिमले सच्याउनुपर्छ ।

संघीयताको वारेमा थाहा पाउन खोज्दा उसले सिधै अनुसुचि पल्टाउँछ र अधिकारको वाँडफाँड कसरी गरिएछ भनेर हेर्छ अनि एकछिन अडिएर हामीलाई जिस्काउछ र भन्नेछ संघीयताको न्युनतम सिद्धान्तको वारेमा समेत सचेत रहेनछ सभा ।

अनि जव सिमाङ्कनको धारा पल्टाउने छ, उ अलमलिने छ किनकी उसले बुझ्न नै सक्नेछैन । उसले के बुझोस यहाँ बर्षौं संविधानसभामा काम गरिराखेका हामीले त केही बुझ्न सकेका छैनौं ।

यो सिमाङ्कनको कुनै शैद्धान्तिक आधार त छँदै छैन । कहिले ८, कहिले झरेर ६, अनि कहिले उक्लेर ७, छ त केवल ब्यबहारिकताको । त्यो पनि कसरी छ भनौं, व्यवहारिकता मिलाउन बस्नुभएका नेताहरू आँफै स्वयं पनि सन्तुष्ट हुनु हुन्न । अनि न शिद्धान्त बाँकी रह्यो न व्यवहारिकता ।

त्यसैले म सभाध्यक्षमार्फत शिर्ष नेताहरूको ध्यानाकर्षण गराउन चाहन्छुः प्रक्रिया अगाडि वढ्दै गर्छ,बढाउनुपर्छ । तर संगसंगै तपाईहरू आंफै जानुहोस प्रत्येक असन्तुष्ट पक्षलाई बोलाउनुहोस र संवाद गर्नुहोस । संवाद गर्दैगर्दा देखाउनुहोस परिपक्कता, धैर्यता र उदारता अनि त्याग्नुहोस आफ्नो व्यक्तिगत स्वार्थ ।

यसको परिणाम पक्कै सुखद हुन्छ, प्रदेशको संख्या घट्ला बढ्ला केहि फरक पर्दैन सवै सहमत नभए पनि अधिकतम सहमतिमा सिमाङ्कन हुन्छ र यो सकसवाट हामी वाहिर निस्कने छौं ।

यति भन्दै गर्दा अन्त्यमा एउटा आग्रह, यहि सभामा धेरै पटक बोलेको छु र आज पनि भन्न चाहन्छुः हामीले पहिलादेखि गर्दै आएको गल्ति अव नदोहोर्‍याउँ ।

हो, असहमति र द्वन्द्व हुन्छ,अनि त्यसलाई स्थापित गर्न संघर्ष हुन्छ,आन्दोलन हुन्छ, विद्रोह हुन्छ अनि कुनै एउटा विन्दु खोजिन्छ जहाँ समझदारी पनि हुन्छ । यो स्वभाविक प्रक्रिया हो । तर समझदारी हुँदै गर्दा संघर्षको क्रममा भएका मानवताविरोधी जघन्य अपराधमा संलग्नन चाहे राज्यपक्षको होस चाहे विद्रोही\आन्दोलनकारी होस कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । विगतमा हामीले समझदारी गर्‍यौं राम्रो गर्‍यौं तर मानवता विरुद्धका जघन्य अपराध गर्नेलाई माफि दियौं । गम्भिर गल्ति गर्‍यौं । जसको परिणाम हामी आज भोग्दै छौं किनकी हिजो यस्ता अपराधीले उन्मुक्ति पाएजस्तै भोली पनि पाईन्छ भन्ने विश्वासले जरो गाडेको छ ।

हिजो जे गल्ति गर्‍यौं आज नदोहोर्‍याउँ । आन्दोलनकारीसंग वार्ता गरेर राजनीतिक हल नै खोज्नुपर्छ । सिमाङ्कनको विषय राजनीतिक हो त्यसको हल राजनीति तरिकावाट नै खोज्नुपर्छ । तर मान्छेलाइ जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने कुनै पनि आन्दोलन होईन, राजनीतिक विषय होईन, त्यो अक्षम्य अपराध हो । अपराधको हल राजनीतिवाट होईन कानूनवाट दण्ड दिएर हुनुपर्छ । कुनै पनि राजनीतिक निकास र समझदारीको नाममा अपराधीले उन्मुक्ति पाउनु हुँदैन । दण्डित गर्नुपर्छ ।

Write Comment Below:

No comments:

Post a Comment