Saturday, August 22, 2015

राम्रो हुन मन छ ? यी यसो गर्नुस्…(तस्विरसहित)

राम्रो हुन मन छ ? यी यसो गर्नुस्…(तस्विरसहित)

सुन्दर देखिने हरेक मानिसको इच्छा हुन्छ । सुन्दर बन्नका लागि मानिसले धेरै थरिका विधी समेत


अपनाउने गर्छन् । मानिसले सुन्दर अनुहार र छालाको लागि पनि धेरै तरिका तथा विधी प्रयोग गरेका हुन्छन् ।


तर जापानमा प्रयोग गरिने सुन्दर हुने विधी भने गज्जबको छ । जापानमा सुन्दर हुनका लागि अनुहारमा शंखेकिरा हिडाइन्छ । केही शंखेकिरालाई आफ्नो अनुहारमा हिडाइन्छ र सकेसम्म अनुहारको सबै भागमा पुगोस् भनेर ४-५ ओटा शंखेकिरा समेत अनुहारमा राखिन्छ ।

यसरी अनुहारमा शंखेकिरा राख्दा छालामा रहेको मृत कोषहरू हट्छ र छालालाई सुन्दर बनाउँछ ।

यस्तो प्रविधी प्रयोग गर्ने एक बेलायती पत्रकारले आफूलाई यो विधी आफूलाई निकै अनौठो र राम्रो लागेको बताएकी छिन् । उनले आफूले त्यो विधी अपनाउँदा फाइएदा देखेको र निकै अचम्मको अनुभव भएको समेत बताइन् । उनका अनुसार शंखेकिरा अनुहारमा निकै चाडो हिडेको र निकै कडा रूपमा चुस्ने गर्छ । यसले मरेका कोषहरू बाहिर निकाल्छ र छालालाई स्वस्थ्य बनाउँछ । आफुले प्रयोग गरेको उक्त शंखेकिरा आफूहरूले खान प्रयोग गर्ने संखेकिरा जस्तै भएको उनको भनाई थियो ।

हेरौ उनै पत्रकारको अनुहारको छाला कसरी राम्रो बनाइदियो शंखेकिराले… भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment