Sunday, August 23, 2015

ऋषि धमलाको दबाबपछि दीपकराजले गरे दीपा श्रीसँग बिहेको मिति ‘फिक्स’

काठमाण्डु, ६ साउन– नेपाली टेलिश्रृखला क्षेत्रमा चर्चित नाम हो दीपकराज गिरी र दिपा श्री निरौला । विशेषगरी करिब एक दशकदेखि हास्य टेलिश्रृखला ‘तितो सत्य’ मा धेरैले मन पराएको जोडि पनि हो यी दुईको ।

बेलाबेलामा यी दुबैलाई लिएर सामाजिक सजालमा विभिन्न टिका–टीप्पणी पनि हुने गर्छ ।


यस्ता टिका–टीप्पणीलाई चिर्दै दुबैजनाले आफूहरुको असल मित्रताको परिचय दिदै आएका छन् ।
तर, पत्रकार ऋषि धमलाको कार्यक्रम धमलाको हमलामा दीपकले दीपासँग बिहेको मिति तोकेरै भनेका छन् । पटक–पटक बिहेको मिति तोक्न भनेपछि दबाबमा रहेका दीपकले धमलालाई राम्रो जवाफ फर्काउँदै बिहेको मिति नै तोकेर भने । दीपकले धमलाको प्रश्नमा भने, ‘म यसको मिति ठ्याक्कै घोषणा गर्छु, २१ सय ३८..’ ।
कार्यक्रममा दीपक र धमलाबीच निकै हाँसो मजाक चलेको थियो । दीपासँग धमलाले आफूलाई जोडेपछि दीपकले कमडी नगर्नु कलाकार त तपाई हो भन्दै धमलाको जवाफ टार्न खोजेका थिए । तर, धमलाले मिति तय नगर्दै नछाडने भएपछि उनले मिति नै तय गरेका हुन् । हेरौँ शो ।kathmandutoday.com

Write Comment Below:

No comments:

Post a Comment