Tuesday, August 25, 2015

अनैतिक काम गरेको आरोपमा मलेसियीन डान्सबारबाट नेपाली युवती पक्राउ

काठमाडौँ, भदौ ९ ।  मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ परेकी छिन् । क्लालम्पुरस्थित डान्स बारमा अनैतिक हर्कत गरीरहेको अवस्थामा नेपाली युवती पक्राउ परेको बताइएको छ ।

नेपाली युवती सहित अन्य १३ जनालाई पनि नियन्त्रणमा लिइएको छ । जसमध्ये चार भारतीय युवती र दुर्इ बंगलादेशी युवती रहेको बताइन्छ ।

बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् । उनीहरुलाई अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ ।

Write Comment Below:

No comments:

Post a Comment