Tuesday, August 4, 2015

नम्रताको स्पष्टिकरण-‘मेरो व्यवसाय र चलचित्र क्षेत्रमाथि नै प्रश्न उठ्यो’

चलचित्र विकास बोर्डले एकसात अगाडि वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को बिषयमा अझै पनि विभिन्न खालका चर्चा भैरहेका छन् । सामाजिक संजालमा केही ब्लगहरुमा आएका समाचारलाई लिएर विभिन्न खालका टिकाटिप्पणी पनि भैरहेका छन् ।
विशेषगरि, नायिका नम्रता श्रेष्ठ र सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको नाम जोडेर लेखिएका ब्लगका समाचारले सामाजिक संजालमा एक किसिमको चर्चा भैरहेको छ । यही समाचारले मन्त्री रिजाललाई तनाव भएका खबर पनि सार्वजनिक नभएका होइनन् ।
पुरस्कार कार्यक्रम समाप्त भएको करिब एक सातापछि नायिका नम्रता श्रेष्ठले यस बिषयमा मुख खोलेकी छिन् । उनले आफू राष्ट्रपति निवासबाट कार्यक्रम सकिए लगतै निस्कनुको कारण म्यूजिक भिडियोको छायांकन भएको बताएकी छिन् । फेसबुकमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै नम्रताले बिहान ८ बजेदेखि आफू छायांकनमा व्यस्त भएको र चलचित्र विकास बोर्डका सदस्यहरुले खबर गरेकाले पुरस्कार कार्यक्रममा उपस्थित भएको बताएकी छिन् ।
यस्तै, उनले पुरस्कारका बारेमा कुरा गर्न नै नचाहेको पनि लेखेकी छिन् । उनले केही ब्लगमा ट्याबलोइड शैलीका हेडलाइन्स राखेर आएका मनलाग्दी समाचारप्रति भने ध्यानाकर्षण भएको बताएकी छिन् । नम्रताले लेखेकी छिन्-‘म कलाकार भएकोमा गर्व गर्छु । तर, यस्ता किसिमका समाचारले मेरो व्यवसाय र यो क्षेत्रप्रति नै प्रश्न उठ्छ ?’ उनले चलचित्र क्षेत्रले यस्तो बिषयमा गम्भिर भएर सोच्नुपर्ने समेत लेखेकी छिन् । चलचित्र क्षेत्रले सोचेको खण्डमा फेरि यस्ता कुरा नउठ्ने नम्रताको भनाई छ ।
नम्रताले ब्लगमा आएका समाचार भनेपनि बिषयवस्तु भने समावेश के थियो भन्ने लेखेकी छैनन् । तर, नम्रताले पुरस्कार नपाएपछि विभिन्न ब्लगमा उनी र मन्त्री रिजालको नाम जोडेर हेडलाइन्स बनाइएका थिए ।
www.onlinekhabar.com

Write Comment Below:

No comments:

Post a Comment