Saturday, August 8, 2015

जानी राखौं......यी राशी भएका महिलालाई भूलेर पनि साथी नबनाउनुस्, पछुताउनु पर्ला


ज्योतिषः कुन राशी भएकालाई साथी बनाउने ? हरेक व्यक्ति आफ्नो लागि एउटा यस्तो साथी चाहन्छ जसले उनको दुख सुखमा साथ दिन सकोस्
। हुन त धेरै मानिसहरुले निकै सोचर नै साथी बनाउने गर्दछन् तर पनि थुप्रै पटक गलत साथीहरुले जीवनलाई नर्क तुल्य बनाएको हुन्छ । आउनुहोस्, कुन राशी भएका महिलालाई साथी बनाउँदा तपाईंले पछुताउनुपर्छ ? मेष राशी (चू, च, चो, ला, ली, लू, ले, लो, आ) यो राशीका साथीहरु हुन त आफ्नो जीवनसाथीमा अधिकार जमाउने किसिमका हुन्छन् तर उनीहरु जसलाई साथ दिन्छन्, उनीहरुलाई लामो समयसम्म साथ दिन्छन् ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) यदि तपाईंको वृष राशी भएको महिला वा पुरुषसँग साथीको सम्बन्ध छ भने तपाईं ती मानिसहरुको सूचीमा पर्नुहुन्छ जसको एक सच्चा साथी छ । वृष राशी भएकी महिला आफ्नो साथीहरुलाई सम्मान गर्छिन् भने उनको लागि जे पनि गर्न तयार हुन्छिन् । मिथुन राशी (का, की, कू , घ, ड, छ, के, को, हा) हुन त मिथुन राशी भएका मानिसहरु आफ्नो साथीबाट निकै आशा राख्छन् तर आवश्यक पर्दा यी व्यक्तिहरु साथीको लागि जे पनि गर्न तयार हुन्छन् । जब तपाईं आफ्नो जिन्दगीको सबैभन्दा नराम्रो स्थितीबाट गुज्रिरहेको अवस्थामा मिथुन राशीका मानिसहरुले नै तपाईंलाई साथ दिनेछन् । ककर्ट राशी (ही, हू, हे, हो, डा, डी, डू, डे, डो) यो राशी भएका मानिसहरुलाई साथी बनाउनु सानो बच्चालाई साथी बनाउनु जस्तो हुन्छ । कर्कट राशी भएका महिला पुरुष आफ्नो सम्बन्ध निभाउँदा कहिले पनि आफ्नो स्वार्थ हेर्दैनन् । उनीहरु पूरा इमान्दारीताका साथ सम्बन्धमा रहिरहन्छन् । सिंह राशी (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) यो राशी भएका मानिसहरु आफ्नो आदर्श र सिद्धान्तका लागि बाँच्ने गर्छन् । उनीहरुका लागि साथीहरुलाई साथ दिनु नै सबैभन्दा ठूलो कुरा हो । यी व्यक्तिहरु आवश्यक पर्दा आफ्नो सबैकुरा दाउमा लगाउन पनि पछि पर्दैनन् । कन्या राशी (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) सम्बन्धमा इमान्दारीता देखाउनु छ भने कन्या राशीका व्यक्तिभन्दा राम्रो तरिका अरु कसैले देखाउन सक्दैनन् । सम्बन्धमा तपाईं कन्या राशी भएका महिला पुरुषलाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ । तुला राशी (रा, री, रू, रे, री, ता, ती, तू, ते) तुला राशीलाई भावनाप्रधान राशी मानिन्छ । यो राशी भएका मानिसहरु जीवनमा एउटा सन्तुलन बनाएर हिँड्ने गर्दछन् तर पनि आवश्यकता पर्दा यी मानिसहरु आफ्नो पार्टरनलाई भावनात्मक सहयोग गर्न पछि पर्दैनन् । वृश्चिक राशी (तो, ना, नी, नू, ने, नो, या, यी, यू) यो राशी भएका मानिसहरुको सम्बन्ध स्थाई हुँदैन । यो राशीको महिला पुरुष मित्र आफ्नो शर्तको आधारमा नै सम्बन्ध बनाउँछन् र आफ्नै शर्तमा सम्बन्धबाट बाहिर निस्कने गर्दछन् । तपाईंले यी राशी भएका साथीहरुलाई कहिले पनि विश्वास गर्नुहुँदैन । तर यदि तपाईं अस्थाई मित्रता बनाउन चाहनुहुन्छ भने यी व्यक्तिहरुलाई साथी बनाउनुहोस्, यद्यपी यसमा पनि तपाईंलाई हानी नै हुनसक्छ । धनु राशी (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) आफ्नो साथी र जीवनसाथीका लागि समर्पण यी व्यक्तिबाट सिक्नुहोस् । यी व्यक्तिहरु न त कहिले आफ्नो साथीलाई धोका दिन्छन् न त उनीहरुबाट केही विशेष आशा राख्छन् । यी राशी भएका मानिसलाई साथी बनाउनु तपाईं भाग्य बलियो छ भनेर बुझ्नुहोस् । मकर राशी (भो, जा, जी, खी, खू, खे, खो, गा, गी) मकर राशी भएका व्यक्तिहरु मुडी हुन्छन् । यी व्यक्तिहरुले कहिले के भन्छन् अथवा के गर्छन् कसैले भन्न सक्दैनन् । यी मानिसहरु धेरैजसो अवस्थामा अरुको भावना पनि बुझ्न सक्दैनन् जसले उनको साथीहरुलाई भावनात्मक रुपमा ठेस् पुगेको हुन्छ । कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) यदि तपाईंको साथी अथवा पार्टनर कुम्भ राशीको हुनुहुन्छ भने निश्चित रुपमा तपाईं आँखा बन्द गरेर उनलाई विश्वास गर्न सक्नुहुन्छ । यी व्यक्तिहरु आदर्श र सिद्धान्तको पक्का हुन्छन् र आफ्नो साथीहरुलाई सहयोग गर्नको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् । मीन राशी (दी, दु, थ, दे, दो, चा, ची) मीन राशी भएका व्यक्तिहरु सम्बन्ध निभाउने बेला आफ्नो अरु केही हेर्दैनन्, तत्काल त्यागको सबै सिमा पार गर्ने गर्दछन् । तर यति सबै गर्दा पनि उनको साथीहरुको भने उनलाई साथ दिँदैनन् । एकप्रकारले मीन राशी भएका व्यक्तिलाई साथी बनाउनु भाग्यमानीको निशानी हो । source zoomnp.com

Write Comment Below:

No comments:

Post a Comment