Friday, August 21, 2015

टीकापुर नगरपालिका क्षेत्रमा आज राति ९ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

धनगढी, ४ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगरपालिका क्षेत्रमा आज राति ९ बजेदेखि शनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

टीकापुर नगरपालिका क्षेत्र नजिकैको दुर्गौलीमा आज अपराह्न अखण्ड पक्षधर र थरुहट पक्षधरका कार्यकर्ताबीच झडप भएपछि उत्पन्न स्थितिलाई ध्यानमा राखी शान्ति सुरक्षा र अमनचयन कायम राख्न निषेधाज्ञा आदेश जारी गर्नुपरेको प्रजिअ राजकुमार श्रेष्ठले राससलाई बताउनुभयो ।

दलबीच आज प्रदेश सीमाङ्कनमा गरिएको नयांँ सहमतिपछि सुदूरपश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरलाई अलग गरी थरुहट वा थारुवान प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आएका थरुहट पक्षधर बढी आक्रोशित भएका छन् । रासस

www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment