Monday, August 24, 2015

८ बर्ष भयो बिबाह भएको, सन्तानको रहर छ तर सन्तान नै हुदैँन भने डा. खेम कार्कीको भनाई यस्तो छ(थाहा पाउनुहोस)

बिबाह गरिसके पछी बच्चा पाउने सबैको रहर हुन्छ । बिबाह गरेको ८ बर्ष भईसकेको छ र तपाई बच्चा जन्माउने नै भनेर यौनसम्पर्क गर्दागर्दै पनि बच्चा बसेको छैन, बिर्य योनीभित्र स्खलन गराएर पटकपटक यौनसम्पर्क गर्दा पनि बच्चा बसेको छैन भने, सकेसम्म छिटो स्त्रीरोगबिशेषज्ञसँग परामर्श गनुहोस् । बच्चाबच्ची नहुनुका कारण धेरैहुन सक्छन् ।



यस बिषयमा डक्टर खेम कार्कीको भनाई यस्तो छ । बच्चा नहुनुमा दाषी को को हुन्छन भने एकतिहाई महिला, एक तिहाई पुरुष र एक तिहाई महिला पुरुष दुबै यो हावा भरमा भनेको नभईकन अध्ययन तथा अनुसन्धानको डाटा हो । के के भयो भने बच्चा हुदैँन भन्दा शुक्रकिट र अण्डा हुनुपर्छ । शुक्रकिट उत्पादन भएन भने पनि बच्चा हुदैँन, डिम्बको उत्पादन भएन भने पनि बच्चा हुदैन ।

डिम्बको उत्पादन पनि भयो, शुक्रकिटको उत्पादन पनि भयो, शुक्रकिट लिङ्गको माध्ययमबाट आउनुपर्ने, शुक्रकिट आउने बाटोमा कहिँ अबरोध छ आउन सकेन, शुक्रकिट आएर योनीबाट पाठेघरको मुखबाट भित्र छिरेर पाठेघर हुदैँ डिम्बबाहिनी नलीमा पुग्नुपर्ने त्यहाँ कुनै किसिमको अवरोध हुनसक्छ ।


संरचनागत समस्याहरु हुनसक्छन त्यसो भयो भने पनि बच्चा हुदैँन । अब डिम्बको पनि कुरा त्यहि हो । डिम्बनिस्कासन समयमा हुदैँन, निस्केको डिम्ब सहिखालको, स्वस्थ हुदैँन अनि डिम्ब जसरी डिम्बबाहिनी नलीमा आउनुपर्ने हो आउनसक्दैन । अथवा अस्वस्थ खालको डिम्ब छ, उत्पादनकै शुक्रकिट अस्वस्थ छ भने पनि बच्चा रहन नसक्ने भयो ।

 शुक्रकिट र डिम्ब उत्पादन गर्ने हर्मोनमा समस्या छ कि, त्यसको पछाडीपट्टीको पृष्ठभुमीमा केहि समस्या छ कि, त्यसको कारणले गर्दापनि स्वस्थ शुक्रकिट र डिम्ब बन्ने कुराहरुमा समस्या पो छ की, अर्को भनेको शुक्रकिट उत्पादन भएको छ, स्वस्थ छ तर लिङ्ग उत्तेजित नै हुदैँन भने शुक्रकिट त जान सक्दैन, भनेपछि यस्ता साना साना धेरै कुराहरुले बच्चा हुनेनहुने भन्ने कुरामा प्रभाव पार्न सक्छ ।

सामान्यतया के हुन्छ भने शुक्रकिट वा डिम्बको उत्पादनसँग सम्बन्धित समस्याहरु अथवा संरचनागत समस्याहरुको कारणले नै बच्चा हुने वा नहुने प्रभाव पार्छ अर्को त कुनै बिकल्प नै छैन । त्यसैले शुक्रकिट र डिम्बको उत्पादनसँग सम्बन्धित हर्मोन त्यहाँको संरचना यो सबै चिजहरुले प्रभाव पार्न सक्छ ।

 त्यसैले चिकित्सकले राम्रोसँग परिक्षण गरेर मात्र यो कारणले गर्दा बच्चा नभएको हो है भन्नसक्छ, हामीले यहाँबाट हावा तवरमा भन्ने कुरा हुदैँन । त्यसैले समयमै यौन सम्बन्धि डाक्टर संग गइ जाच गर्नुहोस । स्रोत : ओ यस नेपाल
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment