Thursday, August 20, 2015

घैँटेले भनेको ३५ दिनमै उनको इन्काउन्टर

काठमाडौँ, ३ भदौ ।
एकमहिनाअघिमात्र सञ्चारमाध्यमा अन्तर्वार्ता दिँदै डन कुमार श्रेष्ठ उर्फ कुमार घैँटेले भनेका थिए, ‘प्रहरीले मलाइ इन्काउन्टरमा मार्न खोज्दै, योजना बनाउँदैछ ।’ नभन्दै उनले भनेको ३५ दिनमै उनी मारिए । १३ गोली उनको शरीरमा दागियो । घरमै गोली प्रहार भयो । लखेटेर मार्ने काम भयो । यसलाई इस्यु बनाएर केहीलाई राजनीतिक शिर उठाउने अवसर पनि बनेको छ । तर प्रहरीले किन उनलाई इन्काउन्टरको योजना बनाएको थियो त ।


सामाखुसी युवा क्लवका तर्फबाट काठमाडौं महानगरपालिका वडा नम्वर २९ का एसएलसी उतीर्ण परिक्षार्थीहरुलाई सम्मान तथा वधाई ज्ञापन कार्यक्रम सके लगत्तै चर्चामा आएका क्लब अध्यक्ष कुमार श्रेष्ठले त्यसयता प्रहरीले आफूलाई एकान्तमा एक्लै पारेर ‘इन्काउण्टर गर्न खोजेको बताएका छन् । क्लबले एसएलसी उतीर्ण परिक्षार्थीहरुलाई सम्मान तथा वधाई ज्ञापन कार्यक्रम गरेकै दिन पनि आफूमाथि निगरानी राखिएको तर शिक्षामन्त्री चित्रलेखा यादव, सभासदहरु भिमसेनदास प्रधान र जगदिशनरसिंह केसीलगायतका विशिष्ट व्यक्तिहरु र सयौं विद्यार्थीहरु भएका कारण आफूलाई प्रहरीले केहि नगरेको बताए । त्यसयता आफूमाथि निगरानी बढाएको अनुभुति गरिरहँदा असार २५ गते शुक्रवार साँझ साढे ५ को आसपासमा आफूलाई सादा पोसाकका प्रहरीले मोटरसाइकलमा पछ्याएर भारतीय राजदुतावास पछाडी रहेको तरकारीबजार नजिक ‘इन्काउण्टर’ को प्रयास भएको जनाएका हुन् ।
सामाखुसीस्थित घरमा छोरीसँग बस्दै आएका कुमारले घटनाका बारेमा कुरा गर्दै भने प्रहरीले किन ‘इन्काउण्टर’ को प्रयास ग¥यो बुझ्न सकिन रु लाजिम्पाटस्थित साथीहरुले सञ्चालनमा ल्याएको लास्ट फ्राइडे रेष्टुरेण्टबाट घर फर्कने क्रममा भारतीय तथा बेलायती दुतावासको बीचको बाटोबाट ओरालो झरेर ढुङगेधारा नजिक आइपुग्ने वित्तिकै मोटरसाइकलले आफ्नो स्कुटरलाई क्रस गरेर रोकेपछि ‘केटा’हरुको कुनै समुहले आक्रमण गर्ने प्रयास गरेको अनुमान लगाएपनि तत्काल किन रोकेको भन्ने वित्तिकै उनीहरुले आफूहरु प्रहरी भएको बताएको कुमार बताउँछन् ।
सरकारी मोटरसाइकल, नीजि मोटरसाइकल र स्कुटर समेत गरि ५ वटा सवारीसाधनमा आफूलाई पछ्याएर आएकाहरुले तत्काल पक्राउ गर्न खोजेपनि प्रतिवाद गरेपछि उनीहरुले तथानाम गाली गरेर धम्क्याएको कुमारको भनाइ छ । अचानक तरकारी बजार नजिकै तनावको स्थिति भएपछि वजारका सबै आफूहरु भएको ठाउँमा आएर सादा पोसाकका भनिएका प्रहरीहरुसँग सवाल जवाफ गरेपछि उनीहरु यो पटक बचेपनि अर्को पटक भने त्यत्तिकै नछोड्ने भन्दै धम्क्याएर फर्किएका थिए ।
सामाखुसीमा तरकारी किन्न गएका विश्वास केसीले साँझ अचानक एक हुल केटाहरुले अर्को केटालाई घेरेको देखेपछि आफूहरुले त्यहाँ हल्ला गरेपछि प्रहरी त्यहाँबाट पछि हटेको बताउनुभयो । तर उनीहरु गलत इरादा राखेर आएको कुराचाहि उनीहरुले फर्किदा बोलेको कुराले आशंका पैदा भएको केसीले बताउनुभयो । केसीको प्रश्न थियो के उनीहरु कुनै इन्काउण्टरको इरादाले आएका थिए वा अरु नै केही ? काठमाडौंमा केहि महिनाअघी धार्दिङका गुण्डानाइके दिनेश अधिकारी चरी प्रहरी इन्काउण्टरमा मारिएका थिए ।
उनीमाथि कैयन संगिन आरोप लागेको थियो । एमालेका कार्यकर्ता रहेका उनी कतिपय मामिलामा एमालेका नेताहरुका लागि टाउको दुखाइ बनेका थिए। सुध्रन अनेक मौका दिएपनि नसुध्रेका उनलाई अन्तत प्रहरीले ‘इन्काउण्टर’ ग¥यो । कुमार भन्छन ‘युवा अवस्थामा झगडा पनि गरियो । लफडामा पनि परियो । तर २०६५ सालयता न केहि विगारेको छु न केहि गरेको छु । न वदमासी गरेको छु । न उजरी नै परेको थाहा छ । तर प्रहरीले पछ्याइ पछ्याइ के गर्न खोजेको हो आश्चर्यमा परेको छु ।’
२०७२ वैशाख १२ र त्यसपछि आएका भुकम्प र पराकम्पहरुपछि देशमा भएको जनधनको विनाशमा सक्रिय भएर लागिरहेको बेला किन प्रहरीलाई मेरो काम आँखामा बिझेको छ बुझन सकेको छैन कुमारले थपे । न म भागेको छु न प्रहरीलाई मैले केहि विगारेको भन्ने सूचना छ तर पटक पटक किन दुख दिन खोज्छन भन्ने नबुझेपछि तथा प्रहीको इरादा सफा नदेखिएपछि राष्ट्रिय मानअधिकार आयोगमा उजुरी दिएको कुमारले बताए । सायद केहि दिनमा आयोगले सम्वन्धित प्रहरी अधिकारीहरुसँग वयान लिन्छ होला ।
कुमारले महाराजगञ्ज प्रहरी तथा त्यहाँका प्रहरीहरु कुमार गुरुङ, कुमार लामा, देवदास र जनक लगायत विरुद्ध किटानी उजुरी गरेका छन । भुकम्प पछिको उद्धार र राहतमा कुमार र उनको सामाखुसी क्लव तथा उनी संलग्न लोकतान्त्रिक खेलकुद संघले विगतमा यसरी सक्रियता देखाएपनि भुकम्पको प्रभाव नसकिदै प्रहरीले देखाउन खोजेको अनावश्यक सक्रियताले तनाव मात्र बढाएको कुमारको भनाइ छ ।
विपत व्यवस्थापन स्वयंसेवक समिति गठन
सामाखुसी युवा क्लव मार्फत लागेका थियौ । नेपाली काँग्रेसको खेलकुद विभागको तर्फबाट समेत राहत सँगै उद्धार पूर्नस्थापना गराउने अभियान शुरु हुने जानकारी भयो । विभागको सदस्यको हैसियतले हामीहरुलाई यसमा क्रियाशिल हुन निर्देशन आयो । खेलकुद विभाग प्रमुख धनराज गुरुङले सबै खेलाडी तथा खेल पृष्ठभुमिका सबैलाई समेटेर समिति नै बनाएपछि अन्तराष्ट्रिय खेलाडी समेत रहनुभएका राजु श्रेष्ठको संयोजकत्वमा समिति बनाइयो।
मलाई उपसंयोजकको जिम्मेवारी दिइयो । सरकार तथा विभिन्न पार्टीका शिर्ष नेताहरुले राहत, उद्धार र निर्माणमा युवाहरुलाई आह्वान गर्नुभएको थियो । पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुले पनि युवाहरु परिचालन गरेका थिए । खेलकुद विभागमा आवद्ध युवा अझ प्रभावकारी हुने ठानी पार्टीको निर्देशनमा समिति गठन भयो । समिति गठन पछि एकैपटक धेरै साथीहरुलाई संस्थागत रुपमा काममा जान सजिलो बनायो । विभाग अन्तर्गत ४ वटा समुह बनाइएको छ ।
हरेकले आफ्नो जिम्मेवारी परेको क्षेत्रमा गएर काम गर्ने काार्यविधी बनाएका छौ । काम गर्न जानु अघि जुन ठाउँमा जाने हो त्यस क्षेत्रमा गएर अध्ययन र सर्वे गर्छौ । अनि जस्लाई सहयोगको अत्यावश्यक छ उनीहरुलाई सहयोग गर्न थालेका छौ । काठमाडौंको छविमले, काभ्रेस्थली, मनमैजु, टोखा, वालाजु लगायतका क्षेत्रमा काम भइरहेको छ । काठमाडौं बाहेक काभ्रेपलाञ्चोकमा पनि हामीले काम गरेका छौ ।
भत्काउने र बनाउने काम सँगसँगै
विभाग अन्तर्गत समिति बनेपछि हामीले भुकम्पप्रभावित र पिडितहरुका लागि लक्षित गरि काम थाल्यौ । राहतका काम एक चरणमा सकिएपछि के आवश्यकता हो भन्ने पहिचान गरेपछि हामीले भग्नावशेषमा परिणत भएका घरहरुलाई भत्काउने काम गरिरहेका छौ । धराप बनेका त्यस्ता घर भत्काउने मात्र होइन ति घरहरुबाट मालसामानहरु निकाल्ने काम पनि हामीले गरिरहेका छौ । एउटा उदाहरणको रुपमा भन्नुपर्दा पानी खाने करुवा घरभित्र छ निकाल्ने आँट थिएन ।
हामीले त्यस्ता करुवा मात्र हैन अरु सामान निकाल्यौ । जुन घरमा घरमालिक जान सकिरहेका थिएनन् । जान आँट गरेका थिएनन त्यस्ता घरहरुमा हामीहरु गएर मालसामान निकाल्ने र त्यस्ता धराप घरहरु हामीले भत्कायौ । त्यस्ता धराप घरहरु भत्काउन मात्र लाखौ रुपैया लाग्थ्यो त्यस्ता ठाउँमा हामीले काम र्गयौ । मेरै नेतृत्वमा रहेको टीमले ८० भन्दा बढी घर भत्कायो । यस अतिरिक्त हामीले घरबार बिहिनभएकाहरुलाई अस्थायी घर बनाएर पनि हस्तान्तरण गरिरहेका छौ । हाम्रा संयोजक राजु श्रेष्ठको संयोजनमा वुढानिलकण्ठ क्षेत्रमा २० वटा अस्थायी घर बनाएर हस्तान्तरण गरेका छौ ।
हामीले जहाँ जहाँ भग्नावशेषहरु भत्काएका छौ त्यहाँ अस्थायी घर बनाउने योजना पनि बनाएका छौ। अब भग्नावशेषहरु हटाउने काम छाडेर पुननिर्माणमा केन्द्रित हुन्छौ । बर्षा लागी सेकेको छ । त्यसैले अब घरबार नभएकाहरुलाई अस्थायि घर बनाएर दिने अभियानलाई गती दिन्छौ । एउटा गाउँमा १ हजार जति मान्छे भएपनि डरले अघी बढ्न नसकेका उनिहरुमा हामी सय जनाजति स्वयंसेवकहरु गएर काम गर्दा आँट र सासह बढेको हामीले पायौ । उनीहरुले भरोसा पाए । हामीहरुले पनि सधै गएर गर्न सक्ने त होइननी । हामीले डरमा रहेका मानिसहरुमा भरोसा र आँट दिलाउन थोरै भएपनि सकेका छौ । यो हाम्रो प्रारम्भिक सफलता हो ।
सबै खर्च स्वयंसेवककै
भुकम्प पिडित प्रभावित क्षेत्रमा अहिले हाम्रो सयौ स्वयंसेवकहरु खटिनुभएको छ । सबैले समय निकालिरहेका छन् । समय मात्र दिएर पनि भएन। काममा गएकाहरुले ज्यावलहरु, हेल्मेट, गैती, डोरी, भ¥याङ, वेल्चा, सावेल लगायतका सामग्री किन्नै प¥यो । परिचालन भएका स्वयंसेवकहरुलाई पिडितहरुको घरमा राहतमा आएको सामग्री मागेर खाउ भन्नु भएन ।
उनीहरुको खाजाको व्यवस्था पनि गर्नुप¥यो । यि सबै काममा खर्च हुने रकम अहिले स्वयंसेवकहरुबाटै उठाइएको छ । सबैले समय, श्रम र पैसा अभियानलाई छुट्ट्याएका छन । केही व्यक्तिहरुले यसमा निस्वार्थ सहयोग पनि गरेका छन् । हामीले खटेको देखेर समय र श्रम गर्न नसक्नेहरुले पैसा सहयोग गरेका छन ।
समाजसेवा ढोंग हैन र ढोंग गर्दैनौ
अहिले कतिपयले हामीले गरेको कामलाई विगतको हाम्रो क्रियाकलापसँग जोडेर पनि हेर्ने गरेको सुनेको छु । आफहरुलाई चोख्याउन समाजसेवाको देखावा गरेको भन्ने लगायतका टिप्पणी पनि सुनेको छ । आपराधिक पृष्ठभुमिका व्यक्तिहरु समाजसेवामा आएको भन्ने चर्चा पनि गराइएका छन । म एउटा कुरा के स्पष्ट गर्न चाहन्छु भने मैले हिजो जे गरे त्यो भोगिसकेको छु । मैले राम्रो गरेको भएपनि भोगे । कानुनको नजरमा नराम्रो गरेको थिए होला र त कतिपय बेलामा मैले जेल समेत जानुप¥यो ।
त्यो स्विकार्नलाई मलाई कुनै अप्ठ्यारो छैन । कर्म अनुसारको फल मैले पाएको छु । आज म आफ्नो कर्ममा छु । चार बर्षदेखि ममाथि कुनै आरोप छैन । प्रहरीकहाँ जानुपर्ने विगो गरेको छैन । देशमा कानुन छ । प्रहरी छ । अदालत छ । सबैले आफ्नो काम गर्छन । यदि मैले गल्ती गरेको भए के कानुनले मलाई छोड्थ्यो होला र रु प्रहरी चुप लागेर बस्थ्यो होला र ?  त्यसैले आक्षेप लगाउने काम र पटक पटक तिमि त यस्तो भनेर विगततिरै धकेल्ने कामले समाज सुध्रिन्छ भन्ने मलाई लाग्दैन । गल्ती नै गरेको छ भने मानिसलाई सुध्रन सुधारगृह तथा जेल बनाइएका छन् । कतिले सजायँ भुक्तानपछि राम्रो गरेर समाजमा स्थापित भएका छन् ।
गल्ती नगर्ने मानिस मैले देखेको छैन । गल्ती गरेर सजायँ पाएपछि सुध्रिन्छु राम्रो काम गर्छु भन्दा फेरि नराम्रो कामतर्फ नै धकेल्ने काम राम्रो हो जस्तो मलाइ मलाई लाग्दैन। म आफ्नो काम गर्छु । क्लव मार्फत समाजसेवा गर्छु । खेलकुद विभाग मार्फत खेलकुदको विकासको काममा सक्दो योगदान गर्छु । तर समाजसेवाको नाममा मलाई कुनै ढोंग गर्नुनी छैन र म त्यस्तो ढोंग गर्दानी गर्दिन ।
खुट्टा तान्ने र बाटो रोक्ने समय हैन
हरेक क्रियाको प्रतिक्रिया हुन्छ। राम्रो काम गर्दा त कुरा काटिन्छ । नराम्रो काम गर्दा त नकाटिने कुरै भएन । नराम्रो काम गर्दा सजाँय भोग्न तयार नै छौ । तर देशलाई विपत्ती परेको बेला यहि माटोको अन्न पानी खाएर बलियो भएको नाताले दुखमा परेकालाई सहयोग गर्न खोज्दा त्यसमा कसैलाई किन टाउको दुख्छ म बुझ्दिन । म त सोझो नेवारको छोरो ।
मनमा लागेको कुरा गरौ भनेर भुकम्पपिडितलाई सहयोग गर्न लागेको छु। तर मेरो यो सक्रियता कतिलाई विझाएको होला त्यसैले केहि विरोधमा पनि लागेका छन । तर यस्तो बेलामा राजनीति नगर्न मेरो उहाँहरु सबैलाई आग्रह हो । त्यसो गर्नेहरुको नियत खराव छ भन्ने बुझ्नुपर्छ । जस्ले राम्रो काम गरेपनि हौस्याउने समय हो यो । खुट्टा तान्ने समय हैन जस्तो लाग्छ मलाई ।
गिरोहको नाइके हो र परिचालन मात्र गर्नु ?
हामीले गल्तिले केहि काम विर्गायौ भने हामीलाई पाताल र्पुयाउन खोज्ने र हामीले राम्रो काम गर्न खोज्दा पनि सधै अपराधी झै व्यवहार गर्न खोजिएको झै लाग्छ । कतिले अहिले पनि अगाडी नसर्नुस भन्छन । केटाहरु परिचालन गर्नुस न भन्ने सल्लाह पनि दिन्छन । तर म गिरोहको मान्छे होर केटा मात्र परिचालन गर्ने ? अनि मैले बाहिर देखिनै नहुने के अपराध गरेको छु र ? अपराध गरेको भए कार्वाही पनि भोगौला तर देशमा विपत भएको बेला अलिअलि बलियो पाखुरा भएको मान्छे सुतेर बस्नु हुन्न भन्ने लाग्यो र साथीहरुसँग पिडितको सहयोगमा छु । पिडितलाई सहयोग गर्नु अपराध हो भन्ने पुष्टी भयो भने म कार्वाही भोग्न तयार छु ।  साभार: अनलाइन पत्रिका डटकम भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment