Monday, August 17, 2015

कस्ले भन्यो जवानी बाध्यताले बेचिन्छ ?

कस्ले भन्यो जवानी बाध्यताले बेचिन्छ ?
मिलन लिम्बू
बाध्यताले धेरै युवतिहरु यौनकर्मी भए धेरैको बुझाई। तर, मलाई अचम्म लाग्छ कसरी बाध्यताको पेशा बन्यो जवानी बेच्नु? बाध्यताको अर्थ के? बाध्य कसरी भइन्छ? मेरो बुझाईमा कसैद्धारा कोही बाध्य पारिनुपर्छ अनि मात्र बाध्य भइन्छ।

कोही त्यसै बाध्य हुँदैनन्। जवानी बेच्नु अपवाद बाहेक कसैको पनि बाध्यता होइन। कदापी हुन सक्दैन। के बाध्यतामा अगाल्नु पर्ने सबैभन्दा सजिलो पेशा नै जवानी बेच्नु हो? त्यसो भए नफुलेका जवानी र ओइलाउने तरखरमा रहेकाहरुले के रोज्ने, के बेच्ने? यो बाध्यता होइन। यो त केवल पसिना बगाउन लजाउनुको पराकाष्ट मात्र हो।
के जवानी बेच्न सजिलो छ? त्यसो भए किन बिक्दैन सबैको जवानी? मैले धेरै जवानी बेच्नेहरुलाई नजिकबाट नियालेको छु। जवानी बेच्नका लागि रिक्वायरमेन्ट उच्च छ। जवानी बिक्नका लागि पनि गुणस्तर चाहिन्छ। पुरुषीय दृष्टीकोणबाट सुन्दर नदेखीएका महिलाहरुको जवानी कहाँ बिक्छ? यो पुरुषको हकका पनि लागु हुन्छ? त्यसैले यो बाध्यताको पेशा हुन सक्दैन।
त्यसो भए के रहरले यो पेशा अँगालेका होलान् त राजधानीका १२ हजार र अन्य हजारौ जवानी बेच्नेहरुले। यो प्रश्न पनि छ। तर, म भन्छु, बाध्यताले होइन। यदि बाध्यताले अगाल्नु पर्ने सबैभन्दा सजिलो पेशा जवानी बेच्ने हो भने, किन १२ हजार मात्र भएर राजधानीमा जवानी बेच्ने? हजारौ महिला बाध्यतासँग जुधिरहेका छन्। तर, उनीहरुले बाध्यताको पेशाको रुपमा जवानी बेच्नु मात्र देखेनन्। बरु, धेरै राम्रा सपनाहरु देखेका छन र पूरा गरिरहेका छन्।
त्यसो भए किन अँगागाले तिनले जवानी बेच्ने पेशा? यो प्रश्न पनि छ। स्वभाविक पनि हो। जवानी बेच्ने पेशा अँगालेका सबैको बाध्यता होइन भन्न सकिन्न। अपवादमा केहीले बाध्य भएर पनि यो पेशा रोजेका हुन सक्छन्। तर, अरु सबै बाध्य भएर होइनन। अरु, श्रमको अपमान गर्नेहरुले यो पेशा रोजे भन्दा फरक नपर्ला। किनकि, उनीहरुले श्रम गर्नुपर्छ मन्ने संस्कार नै सिकेनन्।
मस्त जजानीले मातिएकाहरूलाई बाध्यताको पेशा जवानी बेच्ने हो भने हजारौ जवान महिला र पुरुषहरु बाध्यतामा छैनन् होला? जवानी बेच्न सजिलो छ, त्यसैले उनीहरुले यस्तो पेशा रोजे भन्ने धेरैको बुझाई छ। तर, म भन्छु, बरु ५० केजीको भारी बोकेर उकाली ओराली गर्न सजिलो छ। तर, जवानी बेच्न सहज छैन। जवानी बेच्नुको रिक्वार्यरमेन्ट उच्च छ।
म पनि एउटा पत्रकर भएकाले काठमाडौका धेरै जवानी बेच्ने ठाउँहरु पुगेको छु। धेरैसँग उनीहरुले अंगालेको यो बाटोका कारणहरु सोधेको छु। आधाभन्दा धेरैले दिनमा ग्राहक पाउँदैनन्। आफैसँग भएकी तर, आवरणमा राम्री देखिएकी साथीले, भने जस्तो मुल्यमा ग्राहक पाउदा साथीकोभन्दा कम रिक्वारमेन्टकाले मुस्कीलले एक दुई ग्राहकसँग दिन कटाएको देखेको छु। रत्नपार्कमा ग्राहक खोज्नेहरुलाई अध्ययन गरेको छु, महंगो मूल्यमा जवानी बेच्ने लेलिब्रिटिहरुलाई पनि नजिकबाट नियालेको छु। तर, यी सबैले बाध्यताले यसो गरेका होइनन्।
पसिना बगाएर आफू र आफ्ना परिवारलाई पाल्न सक्ने क्षमता भएका युवतिहरुले जवानी बेचिरहेका छन् । म फेरिपनि भन्छु यो बाध्यता होइन। सहजै पैसा कमाउने मानसिकताले प्रकृतिको सुन्दर उपहार जवानी बेच्नेहरुलाई बिचरा भन्नु पर्ने कुनै कारण छैन। घर परिवारसँग सम्बन्ध बिगारेर अलापिएकाहरुले आफ्नै अनुकुलतामा रोजेको पेशालाई बाध्यताको पेशा भनिन्न। यी रहरले रोजिएका पेशाहरुलाई बाध्यताको पेशाको रुपमा ब्याख्या गर्ने हो भने चरिमाया तामाङ जस्ता हजारौले दिल्लीका कोठीहरुमा आँशुका भेल बगाएका इतिहास र वर्तमानलाई के भन्ने? बाध्यतानै हो भने कसैलाई जबरजस्ती जवानी बेच्न लगाइन्छ, त्यो हुन सक्छ। तर, नेपालमा बाध्यताले जवानी बेच्ने सायदै मात्र…।
हाम्रो देशको सन्दर्भमा यौन व्यवसाय होइन। जवानी बेच्ने भनेको एउटा धन्दा मात्र हो। जावानी बेच्नेहरुले पनि आफ्नो पेशा नै यो हो भनेर भन्दैनन्। तर, सामान्य अर्थमा, अर्थ उपार्जनका लागि दैनिक गरिने कामलाई पेशा भन्ने गरिन्छ। यो अर्थमा जवानी बेच्नेहरुको जवानी बेच्ने पेशा हुन सक्छ। तर, म भन्छु, राज्यले कानूनी रुपमा मान्यता नदिएसम्म जवानी बेच्नु कुनै पनि व्यवसाय हुन सक्दैन। कानूनलाई छलेर गरिने कुनै पनि काम, पेशा वा व्यवसाय हुन सक्दैन, हुन्छ त कालो धन्दा। नेपालमा जवानी बेच्ने कालो धन्दा मात्र भइरहेका छ।
जवानी बेच्नु पेशा वा व्यवसाय नै हो भने म मेरो जवानी बेच्न तयार छु। तर, कहाँ बिक्छ मेरो जवानी? पुरुष यौनकर्मीको बहस चल्छ बेला–बेला। तर, आजसम्म म मेरो जवानी बेचिरहेको छु भनेर बोल्ने कुनै पुरुष भेटेको छैन। कस्तो उल्टो परिवेश? किनेरै भएपनि यौनतृष्णा मेट्न चाहने पुरुष मात्र हुन? महिलाले चाहदैनन? मेरो जस्तै पुरुष जवानी पनि बिक्ने हो भने जवानीको कालो धन्दा चलाउनेहरुले पुरुषहरुको पनि ब्यापार थाप्थे, जसरी महिला पुरुषको भित्रि पोसाक बिना कुनै संकोच बेचिन्छ। त्यसैल हाम्रो देशमा यौन व्यवसाय छैन। छ त, जवानी बेच्ने कालो धन्दा मात्र !
मेरो निचोड जवानी बेच्न सक्ने जवानले श्रम बेच्न सक्छ। श्रम बेच्न सक्ने हो भने जिविका चल्छ। जवानी बेच्नका लागि पनि राज्यको कानूनले कुनै न कुनै दिन अनुमति दिन्छ। त्यो दिन त्यो यौन व्यवसाय भनौला। तर, अहिले जवानी बेच्ने धन्दा मात्र हो। फेरि पनि भन्छु, जवानी बेच्नु बाध्यता होइन, अनावश्यक महत्वकांक्षा पूरा गर्न शहरमा जवानी बेचिदै छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment