Friday, August 21, 2015

घैंटेको स्मृतिमा बत्ती बाल्न समेत दिएन प्रहरीले

काठमाडौं । कुमार श्रेष्ठ घैंटेको स्मृतिमा उनका समर्थक र आफन्तले सामाखुशी चिल्ड्रेन पार्कमा मैन बत्ती बाल्न लाग्दा प्रहरीले अवरोध गरेको छ ।

उनका समर्थकहरुले काठमाडौं निर्वाचन क्षेत्र नम्वर ६ बन्द गराउन लागेका थिए । तर, बन्द हैन मैन बालेर सकारात्मक सन्देश दिने भन्दै उनीहरुले मैन बत्ती बालेर शोकलाई शक्तिमा बदल्ने प्रण गरेका थिए ।
तर, प्रहरीले उक्त कार्य नै रोकेकाले उनका समर्थकहरुले विरोध गरेका छन् । मैन बाल्न प्रहरीले रोकेपछि अवस्था तनावपुर्ण बन्न खोजेको थियो ।
तर, सभासद जगदिश्वर नरसिंह केसी लगायतका नेताहरु उपस्थित भएपछि अवस्था केही शान्त बनेको थियो । उनका सर्मथकहरुले पार्क भित्र मैन बालेका छन्

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment