Tuesday, August 4, 2015

फेरि घट्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, साउन । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यमा गिरावट आएसँगै नेपालमा पनि सुनको भाउ घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । महासंघले मंगलबार सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ तोकेको छ ।
जून पाँच वर्षयताकै सस्तो हो । सोमबार २ सय रुपैयाँ घटेर ४७ हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ मंगलबार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
उनका अनुसार सुनको भाउ अझै घट्ने सम्भावना छ । नेपालमा तोलको ६३ हजारसम्म पुगेको सुनको मुल्यमा निरन्तर ओरालो लागेको हो ।
dainiknepal.com

Write Comment Below:

No comments:

Post a Comment