Friday, August 21, 2015

आजको राशिफल वि.सं.२०७२ साल भाद्र ५ गते शनिबार,

आजको पंचांग
वि.सं.२०७२ साल भाद्र ५ गते शनिबार,
इ स २०१५ अगष्ट २२ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
श्रावण शुक्लपक्षको सप्तमी तिथि बिहान ०७:२७ बजेसम्म उपरान्त अष्टमी,
विशाखा नक्षत्र  दिवा ०५:३९ बजेसम्म उप्रान्त अनुराधा,
ब्रह्म योग ०९:४७ बजेसम्म उप्रान्त ऐन्द्र,
वणिज करण बिहान ०७:२७ बजेसम्म भद्रा साझ ०७:५४ बजेसम्म उपरान्त बब,
आनन्दादियोगमा शुभ योग,
चन्द्रमा तुला राशिमा बिहान ११:१६ बजेसम्म उपरान्त वृश्चिक,
काठमाडौंमा सूर्योदय ५:३७ बजे, सूर्यास्त ०६:३६ बजे
दिनमान ३२ घडी २६ पला,
राहुकाल बिहान ०८:५१  देखि १०:५८ बजे सम्म
  ©ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
सुकेधारा/माछापोखरी काठमाडौँ
९८५११७५०४७
skyp:- online.jyotish1
https://www.facebook.com/durgajyotishsewakendra

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
बिहानको समय भेटघाट र मनोरन्जनात्मक कार्यमा बित्नेछ,धर्म कर्ममा लगाब बढ्ने तथा मान्यजनको आशिर्बाद प्राप्त हुनेछ,मध्यान्ह पछि भने समय केहि प्रतिकुल रहला,दुर्घटना,खर्च,बिबाद जस्ता समस्या आउन सक्छ,आजको लागि शुभ अंक ८,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सों सोमाय नम: यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सामुहिक कार्यमा समय बित्नेछ,पारिवारिक सामिप्यता बढने तथा शुखादायक समय रहनेछ,ब्यपार व्यवसायमा प्रगति हुनेछ,रमाइलो यात्राको अवसर मिल्नाले दिन हर्षित रहनेछ,प्रेम सम्बन्ध सुखदायी रहनेछ,पढाइ लेखाइ भने कमजोर हुने देखिन्छ,आजको लागि शुभ अंक १,शुभ रंग सेतो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
स्वास्थ्यमा सुधार आउनेछ,शत्रु परास्त गर्न सकिनेछ,कुरा काट्ने हरु प्रशंशा गर्न थाल्नेछन्, आर्थिक क्षेत्र सफल रहनेछ,शरीर फुर्तिलो रहनेछ,प्रेमी जोडीलाई रमाइलो भेटघाट हुने स अवसर मिल्नेछ,यात्रामा भने चलाख रहनु होला,आजको लागि शुभअंक ५,शुभ रंग खरानि रङ्ग हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ सरस्वत्यै नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
काममा अबरोध आउनाले मन चिन्तित रहनेछ,खानपानमा खराबि देखिन सक्नेछ,पढाइ लेखाइमा अबरोध झेल्नु पर्नेछ,खेलकुद तथा कलाकारिता बाट भने मन सम्मान मिल्नेछ,गृहिणी हरुको दिन रमाइलो गरेर बित्नेछ,सन्तानबाट सुख मिल्नेछ,आजको लागि शुभ अंक ७,शुभ रंग हल्का रातो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ शं शनिश्चराय नम:यो मन्त्र २३ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
बाहन सुख मिल्नेछ,पारिवारिक रमझममा दिन बित्नेछ,नंया कामको थालनी हुनेछन, टाढाको मित्र संग भेटघाट हुने अवसर मिल्नेछ,धनमाल तथा बहुमुल्य रत्न हराउन सक्लान्,पेटमा खराबी आउन सक्ने देखिएकोले खानपानमा बिशेष चनाखो रहनु राम्रो हुनेछ,आजको लागि शुभ अंक १,शुभ रंग गुलाबी हो भने कामको सुरुवात गर्नु पूर्ब मृत्युञ्जय मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
संचित धनको नोक्सानी हुन सक्छ,नंया बस्त्र,मिष्ठान्न भोजनको अवसर प्राप्ति होला,पराक्रम बढ्ने तथा काममा सफलता मिल्नेछ,असल मित्रको साथले दिन सुखमय रहनेछ,दाजु भाई तथा दिदि बहिनिको सम्बंधमा सुधार आउनेछन् दिन रमाइलो हुनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग निलो हो भने कामको सुरुवात गर्नु पूर्ब कें केतबे नमः यो मन्त्र १७ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
धन संचय गर्ने अवसर मिल्नेछ,दान धर्म तथा  दिन दुखिलाई सहयोग गर्ने प्रेरणा मिल्नेछ,बोलीको प्रभाब बढ्ने र तार्किक क्षमतामा उल्लेख्य वृद्धि हुनेछ,आर्थिक कारोबारमा सुधार आउनेछ,व्यापारमा सफलता मिल्नेछ,दात तथा मुख सम्बन्धि समस्याले सताउन सक्छ,आजको लागि शुभ अंक ४,शुभ रंग हल्का कालो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ गं गणपतये नम:यो मन्त्र २१ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आजको दिनमा बुध्धिको अधिकतम बिकास हुनेछ,लामो यात्राको सम्भाव्यता देखिन्छ,मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ,प्रतिष्ठित व्यक्तित्व संगको चिनजान र भेटघाटले नंया योजना बनाउन सहयोगी भूमिका खेल्नेछ,प्रेम सम्बन्ध अझ ससक्त हुनेछ,आलंकारिक बस्तु हात लाग्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
आजको दिनमा बुध्धिको अधिकतम बिकास हुनेछ,लामो यात्राको सम्भाव्यता देखिन्छ,मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ,प्रतिष्ठित व्यक्तित्व संगको चिनजान र भेटघाटले नंया योजना बनाउन सहयोगी भूमिका खेल्नेछ,प्रेम सम्बन्ध अझ ससक्त हुनेछ,आलंकारिक बस्तु हात लाग्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ हनुमतये नम:यो मन्त्र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
समय हर्षोलास पूर्बक व्यतित हुनेछ.मनोरन्जनात्मक कार्यमा समय बतित रहनेछ,मिठा भोजनको अवसर मिल्ने तथा साथि संगीसंगको भेटघाटमा मन प्रशन्न रहनेछ,उचित मान-सम्मान मिल्नेछ,पढाइ लेखाईको क्षेत्रमा प्रगति हुनेछ,मान्यजनको सहयोगले मन प्रशन्न रहनेछ,आजको लागि शुभ अंक २,शुभ रंग हरियो हो भने कामको सुरुवात गर्नु पूर्ब आफ़्नो कुलदेवताको स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मध्यान्ह पछि समय सुधारित रहनेछ,काममा सफलता मिल्नेछ,पद-प्रतिष्ठा र मान सम्मान प्राप्ति हुनेछ,बोलीको प्रभाब बढ्नेछ,स्वास्थ्यमा भने केहि खराबि आउन सक्ने देखिन्छ,आम्दानि को तुलनामा खर्च बढी हुनेछ,दिन ब्यस्ताताको व्यतीत हुनेछ, आजको लागि शुभ अंक ४,शुभ रंग रातो हो भने कामको सुरुवात गर्नु पूर्ब इन्द्रायणी भगवतीको दर्शन पूजा र स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
दिन सामान्य रहनेछ,खर्च बढ्ने तथा आफन्त संग को सम्बन्धमा प्रतिकुलता आउन सक्छ,धार्मिक क्षेत्रमा रुची बढ्नेछ,पैत्रिक सहयोग प्राप्त हुनेछ,कानुनि अड्चन आउन तथा वादविवादको सामना गर्नु पर्नेछ,बोल्दा बिशेष ख्याल राख्नुहोला,आजको लागि शुभ अंक ६,शुभ रंग खैरो हो भने कामको सुरुवात गर्नु पूर्ब ॐ नमो भगवते वासुदेबाय यो मन्त्र १२ पटक स्मरण गरेर अगाडी बढे शुभ फल मिल्नेछ।

Write Comment Below:

No comments:

Post a Comment