Monday, August 31, 2015

यादहरुको घाउ

तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।
तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ?????”मलाई फोन नगर मेसेज नगर म बाध्यतामा परेको छु” सधै यस्तै यस्तै भन्छौ र टाढा हुन खोज्छौ मबाट! आखिर के बाध्यता हो तिम्रो??? मलाई यहाँ कति कठिन भको छ तिम्रो अत्तोपत्तो नहुदाँ, तिमी किन बुझ्दैनौ???

घरमा तिम्रो खबर सोध्छ्न के जवाफ दिनु मैले???
जब म समस्यामा थिएँ तिमीले मलाई हौसला दिएका थियौं। मेरो हिम्मत बढाएका थियौँ। तिम्रो साथ पाएर नै मैले कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेकी हुँ । मलाई त्यसरी हौसला र हिम्मत दिने तिमी आज किन आफै कायर बन्दैछौ हँ???

मैले तिमीलाई कति खोजेँ थाहा छ??? कस्लाई चाहिँ सोधिन तिम्रो बारे??? तिम्रो एउटा एस.एम एस आउँछ कि भन्दै रातभर जागा बस्छु म। एक्कासी , बाध्यतामा परेँ ३ महिना कुर्नु म आउछु अनि सबै कुरा भन्छु भन्यौ। नि:सन्देह म कुरि रहेकी छु। मलाई बिश्वास पनि छ तिमी माथी । तर पृय म जान्न चाहन्छु कस्तो बाध्यता हो तिम्रो???


निशा प्रतीक्षित
“कुनै केटीले ब्लाकमेल गर्दैछे मलाई ”  बस यति भनेका थियौँ। तर त्यो केटि को हो??? किन तिम्लाई ब्लाकमेल गरि त्यस्ले???? के त्योसँग पहिले तिम्रो कुनै सम्बन्ध थियो???? यस्तै मनभरी कुन्ठा बनेका यी प्रश्न सोध्न मन छ तिमीलाई। तिमीले त बस पर्ख भन्यौ सक्यो तिम्रो लागि । के तिम्लाई थाहा छ पर्खिनु को पीडा कति हुन्छ????
म तिम्रो सम्झनामा पलपल मरेर बाचीरहेकी छु। साच्चै भनु त म एक जिबित मुर्दा भैसकेँ। मन पोल्छ अत्यास लाग्छ। तिम्रा चिरपरिचित सबैलाई सोध्छु उस्को खबर के छ भनेर।।।
जब बल्ल बल्ल तिम्रो एउटा सन्देश आउँछ ,तिमीले
“निशा मलाई मेसेज नपठाउनु ! म बाचेर फर्केको हेर्न चाहन्छौ भने मसँग सम्पर्क नराख्नु !” बस यति लेख्छौ। तिमीलाई के थाहा तिम्रो कुरा पढेर कस्तो हुन्छ मलाई । यो मनमा भक्कानो फुट्छ प्यारा!
अनि म आफ्नो कोठाको  ढोका थुनेर रुन्छु ।बेस्सरी रुन्छु! तिम्रो तस्बीर चुम्दै रुन्छु। लाग्छ म रुदाँ यी परेलीबाट बग्ने आँसुसँगै तिम्रा यावत यादहरु बगेर जाउन। तर सक्दिन म । यो पापी मनले पनि के के सोच्दो रहेछ घरीघरी त! तिमीले त्यतै घरजम गर्यौ र मलाई छोड्न बहाना बनाएका हौ कि जस्तो पनि लाग्छ।मलाई माफ गर प्यारा मैले तिम्रो मायालाई कहिलेकाही आँखा चिम्लेर बिस्वाश गर्न सक्दिन। मन न हो के के सोचीहाल्छ।।

तिमीले थोरै समयमा धेरै माया दिएर यसरी हराइदियौ, कहिले त लाग्छ अब तिमीसँग मेरो भेट नै हुन्न। मन यसै अतालिन्छ। मुटु ढुकढुक हुन्छ। परेलीबाट एक्कासी तिम्रो माया पानी बनेर बग्न थाल्छ। म सक्दिन प्यारा यस्तो सस्पेन्समा जिन्दगी काट्न ।।। तिमीलाई के भएको हो भन मलाई। सायद म तिम्रो कुनै मदत गर्न सक्छु कि ??तिम्रो अनुपस्थितिमा हरेक प्रहर शुन्य लाग्छ मलाई।
शरीरमा लागेको घाउ त औषधिले निको हुन्छ तर तिम्रा यादहरुको सुनामीले यो मन मुटु र मष्तिस्कमा लागेको घाउको उपचार म कसरी गरौ प्रिय ????
म केही सोच्न सकिरहेकै छैन बस तिमीले भनेझै तिमीलाई नै पर्खिरहेकी छु। सायद माया त्याग पनि हो रहेछ त्यसैले त तिम्रो साथ त्यागेर तिमीलाई नै पर्खिरहेकी छु। तिमीले भनेजस्तै गरि तिमीबाट टाढा गैदिएकी छु। तर यो मनमा तिमी बाहेक अरु कोहि छैन र हुने पनि छैन। जब तिमी त्यो पराइ भुमीबाट नेपाल फर्केर आउनेछौ, यो ‘प्रतीक्षित’ तिमीलाई नै पर्खिरहेकी हुनेछे तिम्रा यादहरुले दिएको घाउ बोकेर।। तर पृय त्यो बेलासम्म मलाई माया गर्ने तिम्रो त्यो मन नबद्लियोस!!!।।।

निशा प्रतीक्षित

www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment