Wednesday, September 2, 2015

सुनको मूल्य आज पनि घट्यो

१६ भदौ, काठमाडौं ।

निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ । सुनको भाउ आज २ सय ५५ रुपैयाँले घटेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधवार छापावाल सुनको भाउ प्रतितोला ५० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनसँगै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । यस्तै चाँदीको भाउ तोलाको ६ सय ७५ तोकिएको छ ।

Write Comment Below:

No comments:

Post a Comment