Wednesday, September 2, 2015

स्वयत्त मधेस माग्दै मुस्लिम पनि सडकमा

नेपालगन्ज : स्वयत्त मधेश प्रदेशको माग गर्दै मुस्लिम समुदाय समेत सडक आन्दोलनमा उत्रिएका छन् ।

थारु र मधेशीको आन्दोलनमा एकबद्धता जनाउदै  लोकतान्त्रिक मुस्लिम संघले संंघीयताको सीमांकन विरुद्ध स्वायत्त मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएको हो ।

संबैधानिक मुस्लिम आयोगको गठन हुनु पर्ने, संविधान मुस्लिमको पहिचान कायम हुनु पर्ने र कैलाली कञ्चनपुर टुक्रयाउन नपाइने लगायतका नारा लगाउँदै  मुस्लिमहरुको जुलुसले नेपालगन्ज नगर परिक्रमा गरेको छ ।

बाँकेको इन्द्रपुरबाट आएको लोकतान्त्रिक मधेशी मोर्चाको जुलुस समेत मुस्लिमको जुलुसमा मिसिएको थियो ।

सो जुलुसमा केही मुस्लिम अगुवासहित संघीय समाजवादी फोरमका बाँके अध्यक्ष कमरुद्दिन राई, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्यद्धय पशुपति दयाल मिश्र र बिजय गुप्ता लगायतको सहभागिता छ ।

उता बाँकेको कोहलपुरमा थारु समुदायले प्रर्दशन गरिहेका छन् । २२ दिनदेखि नेपालगन्ज बन्द रहँदै आएको छ । यसले यहाँका जनजीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ ।  annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment