Wednesday, September 2, 2015

एउटै घरको छुट्टा छुट्टै कोठामा दिदी बिहीनी मृत फेला

म्याग्दी, भदौ १६ । म्याग्दीमा एकै घरका दुई दिदीबहिनी आफ्नै घरमा मृत अबस्थामा फेला परेका छन् । जिल्लाको उत्तरी शिख –९ गिवाङकी ४३ वर्षिया भिममाया तिलीजा र उनकी बहिनी ४० वर्षिया देशमाया तिलीजा आफ्नै घरमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सुस्त मनस्थिती भएका उनिहरुको शव घरको छुट्टा छुट्टै कोठामा सुतेकै अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरिक्षक बिमलकुमार उपाध्यायको नेतृत्वमा पुगेको टोलीले घटनाको अनुसंधान सुरु गरेपनि प्रहरी नै घटनाका विषयमा आश्चर्यमा परेको छ ।
www.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment