Friday, October 2, 2015

भारत ! सक्छौ भने घोषित नाकाबन्दी गर, नेपालीले हार्न जानेका छैनन्

भनिन्छ, छिमेकी भनेको जिउँदाको जन्ति र मर्दाको मलामी हो । तर, हाम्रो छिमेकी ठीक बिपरित बन्दै आएको छ बिगतदेखि वर्तमानसम्म । नेपाल र नेपाली जनताको चाहनाअनुरुप निकै लामो संघर्ष र बलिदानी पछि प्राप्त उपलब्धिमा शुभकामनाका दुई शब्द समेत व्यक्त गर्न नसक्नु र संविधान घोषणाको अन्तिम
अवस्थासम्म आइपुग्दा बिभिन्न बहानामा त्यसलाई रोक्ने प्रयास हुनुले प्रष्ट हुन्छ कि हाम्रो छिमेकी मुलुक भारत हामीप्रति कति उदार रहेछ र उसले नेपाल र नेपाली जनताको कति हित चाहेको रहेछ भनेर ।
संविधानसभामार्फत संविधान बनाउने सदियौंदेखिको जनचाहना पूरा भएको खुसियालीमा देश रमाउँदै गर्दा उत्तरी छिमेकी मुलुक चीनले स्वागत गर्यो । अमेरिका लगायत शक्तिशाली र भौगोलिक रुपमा केहीपरका राष्ट्रहरुले समेत तत्काल शुभकामना दिए तर आफूलाई असली छिमेकी र बडे भाईको संज्ञा दिँदै आएको र भौगोलिक रुपमा सबैभन्दा नजिकको राष्ट्र भारत भने रिसले मुर्मुरिएर बस्यो । यतिमै सीमित रहन सकेन, धम्कीपूर्ण भाषामा ७ वटा मागहरु राख्यो ।
गुलामहरुले अरुलाइ पनि गुलाम नै सम्झिन्छ र गुलामी बनाउन पाए हुन्थ्यो भन्ने सोच राखिरहन्छ तर नेपालको सन्दर्भमा यो सोच साकार हुने छैन । यदि कसैले यो मुर्खतापूर्ण बिचार मनमा उब्जाउँछ भने त्यो पागल हो ।
असोजको पहिलो सातादेखि हालसम्मका उसका गतिबिधिलाई नियाल्दा लाग्छ कि भारत पनि नेपालकै कुनै एक हिस्सा हो र नेपालको संविधान बन्दै गर्दा जसरी देशका बिभिन्न क्षेत्रका मानिसहरुले आ–आफ्ना मागहरु राखे, त्यसैगरी भारतले पनि राख्दैछ । उसरी हेर्दा त भारत एउटा छुट्टै देश हो भनेर विश्वमा चिनिन्छ तर नेपालप्रति देखाएको व्यवहारले अब त्यो विश्वसामु खुल्ला रुपले भनिदिओस् कि हामी पनि नेपालकै एक हिस्सा भित्र पछौं र हामीलाई नेपालमा बनेको संविधानमा यो–यो माग चाहियो भनेर । तब उसका मागका बारेमा छलफल चलाऔला, हैन भने आफूलाई विश्वको उदाउँदो राष्ट्रका रुपमा परिचित गराउन खोजेको भारतले एउटा स्वतन्त्र, स्वाभिमान र विश्व मानचित्रमा विशिष्ठ पहिचान बोकेको मुलुकमाथि यसरी धावा बोल्न नैतिकताले मिल्छ ?

लेखकः सिद्धराज उपाध्याय
हो, केही दास, दलाल र दरिद्र मानसिकताका अवसरबादीहरुले आफ्नो स्वार्थसिद्धका निम्ति दिल्ली दरबार गुहा¥यो भन्दैमा सबै नेता र सबै नेपालीलाई त्यो स्विकार्य हुन सक्ला र ? जुन कुरा प्रचण्डजीले प्रष्ट पारिसक्नु भएको छ, यतिले पुग्नुपर्ने हो तर पुगेको रहेनछ । छिमेकी भएको नाताले देश र जनताको हितका लागि गाह्रो, अप्ठेरो र परिवर्तनका घडीमा सहकार्य गर्नु (जुन राणा शासनको अन्त्यका लागि राजालाई साथ दिनु र राजतन्त्र अन्त्यका लागि माओबादीलाई शरण दिँदै प्रजातान्त्रिक शक्तिलाई सघाउनु) ठीकै रुपमा लिन सकिएला । त्यसलाई सम्मानै गर्न सकिएला तर त्यसो भन्दैमा घरेलु र स–साना आन्तरिक मामिलामा समेत दखल पु¥याउदै राष्ट्र र राष्ट्रियतामाथि नै धावा बोल्न खोज्नु औला दिँदा हत्केलै निल्न खोज्नु जस्तै हो, जुन भ्रमबाट भारत मुक्त हुनैपर्छ । यो नेपाल र नेपालीका लागि मात्रै हैन्, उसको आफ्नै अस्थित्व र पहिचानका लागि बढी लाभदायी हुनेछ ।
गुलामहरुले अरुलाइ पनि गुलाम नै सम्झिन्छ र गुलामी बनाउन पाए हुन्थ्यो भन्ने सोच राखिरहन्छ तर नेपालको सन्दर्भमा यो सोच साकार हुने छैन । यदि कसैले यो मुर्खतापूर्ण बिचार मनमा उब्जाउँछ भने त्यो पागल हो । भारत आफै एउटा उदाहरण हो, अंग्रेजको गुलामबाट मुक्ति पाएको । यति हुँदा हुँदैपनि कसरी अरुलाई गुलामी बनाउँला भनेर सोच्नसम्म भ्याएको ? तर यो त्यति ठूलो कुरा होइन । किनकी रुघाखोकी लाग्यो भने त्यसको असर केही दिनसम्म रहन्छ हो यो पनि त्यस्तै हो, अझै उ मानसिक रुपमा पूर्ण स्वतन्त्र र स्वाभिमान हुन सकिरहेको छैन । त्यसैले बारम्बार यस्तो सोच आँउछ र छिमकी भएको नाताले हामीसम्म आइपुग्छ ।
सारा विश्वलाई थाहा छ, नेपाली न त कहिल्यै गुलामी बने, न त बन्न सक्छन् न त बन्ने नै छन् चाहे जति सुकै लेन्डुपहरुको जन्म भइरहोस् । हरेक देशमा यस्ता अपबादहरु हुन्छन् जसलाई हामीले सामान्य रुपमा लिनुपर्छ । किनकी नकरात्मक सोच भएका मानिसहरुको बीचबाट खराब किरणहरु आउनु नौलो कुरा होइन र त्यसबाट केही कमजोर मानिसहरु ग्रसित हुनु ठूलो कुरा होइन । स्वभावतः प्रभावित ति व्यक्तिहरुले अरुलाई पनि भाइरस फैलाउने हरदम प्रयास गरिरहन्छन् त्यो पनि राम्ररी बुझेका छौं । त्यो सफल हुदैन किनकी नेपालको वातावरणमा त्यो एकदमै कमजोर भाइरस हो । प्राकृतिक रुपमै त्यस किसिमको भाइरस धेरै दिन जीवित रहन सक्दैन किनकी लेण्डुप जातको भाइरसका लागि नेपाल अत्यन्तै अनुपयुक्त वातावरण भएको मुलुक हो सबै हिसावबाट ।
हामीले मान्दै आएका थियौं कि भाषा, संस्कृति र परम्पराका हिसावले नेपाल र भारतबीच धेरै कुराहरु मिल्छन् त्यसैले त हाम्रो तराईका केही जिल्लाहरुमा रोटी बेटीकै सम्बन्ध रहँदै आएको छ । दुई देशका जनता बीचको यहि सम्बन्धले बढाएको आत्मियताका कारण हामीले सम्मान दिँदै ठुलदाई पनि भन्दै आएका थियौं तर अब उ आफैले भाईलाई दुष्मन ठान्छ भने…।
उ अर्थात भारतबिना नेपाल चल्दैन भन्ने भ्रमबाट सायद उ सचेत भई सकेको हुनुपर्छ उत्तरतर्फको छिमेकी मुलुक चीनले देखाएको आत्मियता र यो बिषम परिस्थितिमा दिएको ढाडसबाट । भूपरिवेष्ठित मुलुक नेपाल र त्यसका केही अन्तराष्ट्रिय मुल्य र मान्यतालाई समेत लत्याउदै केही दिन यता गरेको अघोषित चर्को नाकाबन्दीले सबैभन्दा ठूलो घाटा भारतलाई हुनेछ त्यो कालान्तरले बताउला । अहिले सक्छौ भने घोषित रुपमै नाकाबन्दी गरे हुन्छ । जसले मुलुकको विकासमा ठूलै टेवा पुग्ने छ घाटा केही हुने छैन, अझै सकिन्छ भने चाइनाको ग्रेट वाल जस्तै सिमानामा पर्खाल लगाउँदा कैयौँ गुणा राहत मिल्नेछ सिमा क्षेत्रका जनतालाई ।
आजका दिनसम्म आइपुग्दा भारतले जे जहाँ सहयोग गरेको जस्तो देखियो, त्यहाँ सबै आफ्नो स्वार्थसिद्धका लागि मात्र भएको देखिन्छ । उसको आफ्नो स्वार्थबिना केही गरेको रहेनछ भन्ने उदाहरण हो नेपालको संविधान २०७२ । नेपाललाई अस्थिरताको भूमरीमा रुमल्याउँदै आफ्ना केही निहित स्वार्थ पूरा गर्नका लागि सदियौं देखि मिलेर बसेका समुदायबीचमा दरार उत्पन्न गराउँदै काटमारको अवस्थासम्म पु¥याई नेपाललाई घुँडा टेकाउने काल्पनिक सपना अब पुरा नहोला कि ?
dainiknepal.com

Write Comment Below:

No comments:

Post a Comment