Friday, October 2, 2015

भारतका गृहमन्त्रीको फोन प्रधानमन्त्रीको मोबाइलमा, भने– ‘नेपालको समस्या अब समाधान’

काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरि नेपालको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् ।
उनले नेपालमा भारतले नाकाबन्दी नगरेको र समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । सिंहले प्रधानमन्त्रीलाई फोनमा भारत सरकार नेपाली जनतालाई परेको संकट प्रति क्षमा माग्दै सहजिकरणकालागि उपाय सोचिरहेको बताएका थिए ।
सिंहले मधेसमा आन्दोलनरत दलहरुसँग तत्काल वार्तामा वोलाउन आग्रह समेत गरे ।
उनले आफुले मधेसी दलका आन्दोलनरत नेताहरुलाई पनि वार्तामा जान आग्रह गर्ने र नेपालको समस्या नेपाल भित्र बाटै समाधान गर्न जोड दिएको भारतीय अनलाइन पत्रिका टाइम्स अफ इण्डीयाले जनाएको छ ।
www.nepalsandesh.com

Write Comment Below:

No comments:

Post a Comment