Thursday, October 1, 2015

यस्तो छ नेपाल र भारतको अन्तिम तयारी

काठमाण्डु टुडे डेस्क/काठमाण्डु, १४ असोज– नेपालको संविधानमा असन्तुष्ट जनाउँदै भारतले नेपालमा नाकाबन्दी गरेपछि त्यसको घाटा भारतले नै ब्यहोर्नु परेको छ । नाकाबन्दी भएको दुई हप्ता पुग्दा भारतीय ब्यापारीलाई त्यसको नकारात्मक असर त पुगेको छ नै भारत सरकारले पनि थुप्रै आलोचना खेप्नु परेको छ ।

विश्वमा बलियो राष्ट्रका रुपमा स्थापित हुने सपना बोकेको भारत सुरक्षा परिषदको सदस्य राष्ट्र बन्न नपाउनु त्यसको गतिलो उदाहरण हो । नेपालमा गरेको नाकाबन्दीका कारण रुस र चीनले भारतलाई समर्थन नगरेपछि भारतको सदस्य बन्ने सपना अधुरै हुने देखिएको हो । यस्तोमा भारतले थप दबाब झेलेको र नेपालको नाकाबन्दी खोल्ने सम्भावना बलियो बनेको देखिन्छ ।
तर, भारत नेपालसँग सजिलै झुकेर नाकाबन्दी खुलाउने पक्षमा भने छैन । ‘म पिटेजस्तो गर्छु त रोएजस्तो गर’ भन्ने उखान जस्तैगरी भारत नेपालले आफ्ना अधिकतम माग पुरा गरेको भन्दै नाकाबन्दी खोल्ने पक्षमा रहेको बताइन्छ ।
यसै विषयमा छलफलप गर्नका लागि मोदी न्युयोर्कबाट भारत फर्किएको जानकारहरुको ठम्याई छ । मोदीको जतिसक्दो छिटो नेपालसँग कुरा मिलाएर नाकाबन्दी खुलाउने र भारतलाई सुरक्षा परिषदको सदस्यको दाबेदारीका रुपमा प्रस्तुत गर्ने योजना रहेको छ । त्यसका लागि मोदीका विशेष ब्यक्ति काठमाण्डुमा रहेको र मधेसी दललाई पनि वार्ताको संकेत आइसकेको चर्चा चल्न थालेको छ ।
यससँगै दलहरुले मधेसका माग पुरा गर्ने भन्दै अभिब्यक्ति दिन थाल्नुले पनि समस्या छिट्टै हल हुने संकेत देखिन्छ । संविधान संशोधन गरेर मधेसका केही माग समेट्ने र त्यसो गर्दा भारतलाई पनि मागको समर्थन भएकाले नाकाबन्दी फिर्ता लिएको भनेर आफ्नो अस्तित्व जोगाउने अवसर मिल्ने जानकारहरु बताउँछन् ।
सोही योजना अनुरुप अहिले नेपाल संविधान संशोधनको तयारीमा लागेको र भारत नेपालमा संविधानको संशोधनपछि नाकाबन्दी खोल्ने शुरमा रहेको स्रोत बताउँछ ।
athmandutoday.com

Write Comment Below:

No comments:

Post a Comment