Friday, October 2, 2015

जम्मु काश्मिरबाट मोदीलाई गोर्खा सैनिकको खुला पत्र .नेपालका नेताहरूलाई पनि

प्रधानमन्त्री नरेन्द्र मोदी साहेब !
म भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत–पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्‍यो भने मैले उसलाई खत्तम पार्नुछ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।


म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुुपर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै–सबै उतै छन् ।

सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । साल्पा पोखरीको मेला, इरखुवाको दुुवालीमा मेरो खुसी छ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो ।
सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
मलाई माफ गर्नुहोस् !
तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मनविरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, कि मैले भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासनविपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासनभन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देशमाथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आउँदो रहेछ, आँशुु ।
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
हामी हजारौँ नेपाली तपाईंको सेवामा छौँ । हामी सबै गोर्खाली आज बेचैन छौँ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारु, जनजातिहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टिमाथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।
प्रधानमन्त्री साहेब !

इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन–पसिना दिएका छन् ।
हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६० हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र ?
इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब !
करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसद्मा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’
हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ–जहाँ भारतीय सिमाना छन्, त्यहाँ–त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौँ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति–सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौँ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् ? संसार भलिभाँती जानकार छ ।
सम्झौता पढ्नुहोस्
हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौँ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौँ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौँ ।
सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौँ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौँ । सम्झौताले यही भनेको छ ।
विशेष अवस्थामा यो सम्झौता तपाईहरुले पालन गर्नुपर्छ, नेपाललाई हेपेर यो सम्झौताको खिलाफमा उत्रिनुहोला तर, सम्झीनुहोस्, याद गर्नुहोस्, यो विश्वब्रमाण्डमा केवल भारत मात्रै छैन । छन् धेरै देशहरु । ती देशहरुले सम्झौता पालन गर भनेर दबाब दिएको बेला के गर्नुहुन्छ ? अवज्ञा गर्न सक्नुहुन्छ ?
होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?
मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं-हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौँ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?
तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
अन्त्यमा नेपालका नेताहरूलाई
नेपालमाथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारु लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ ।
बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जाति–जनजातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारु धनी भए, जनजाति धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौँ । हिजो के थियो ? कसले के गर्‍यो ? त्यो मधेशी, थारु र जनजातिले खोजिहिँड्ने विषय हुँदै होइन ।
फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।हिजो जे भयो, भयो, जे थियो सकियो । हिजोको दोष कसैलाई आज दिनुु हुदैंन, हिजो जस्तो कसैले लिनुु पनि हुदैँन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Write Comment Below:

No comments:

Post a Comment