Thursday, January 26, 2017

केपी ओलीद्धारा भारतीय दूतावासको भोज बहिष्कार! राजदूत रेलाई झट्का ‘ओलीले राजदूतको असली औकात देखाइदिए’

केपी ओलीद्धारा भारतीय दूतावासको भोज बहिष्कार! राजदूत रेलाई झट्का ‘ओलीले राजदूतको असली औकात देखाइदिए’ काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय राजदूतावासको भोज बहिष्कार गरेका छन् । दक्षिण छिमेकी भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित लैनचौरमा रहेको दूतावासले आयोजना गरेको दिवा भोजमा ओलीसहित प्रमुख दलका शीर्ष नेता सहभागी नभएका हुन् ।

 दिवा भोजमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशस्त्र प्रहरीको अधिकृत दिक्षान्त समारोहमा सहभागी हुन पोखरा हुँदा र काँग्रेस सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रमका लागि दाङमा हुँदा उपस्थित हुन सकेनन् । तर, ओली राजधानीमै भएर पनि दूतावासको भोजमा गएनन् । उनी निकटस्थ एक नेताका अनुसार राजधानीमै रहेर पनि ओलीले नगएर भोज बहिष्कार गरेका हुन् ।
दूतावासले तीनै प्रमुख नेतालाई दुई साताअघि नै निम्ता पठाएको थियो । राजदूत रञ्जीत रे आफैंले तीनै शीर्ष नेतालाई निम्ता दिएका थिए । भोजमा सहभागी मधेसवादी दलका नेता । राजदूतको निम्तोमा प्रचण्ड र देउवाले आउन नसक्ने जानकारी गराएपनि ओलीले कुनै चासो दिएनन् । ओलीको यो कदमबाट राजदूत रेले आफू अपमानित भएको महसुस गरेका छन् भने एमालेजनहरु राजदूतको असली औकात देखाइदिएको टिप्पणी गर्छन् । भोजमा मधेसवादी दलका अधिकांश नेताहरु सहभागी थिए ।

Write Comment Below:

No comments:

Post a Comment